पत्रकार कमलालाई रिहा गर ः नेपाल प्रेस युनियन

१९ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


समाचार संकलनको क्रममा पत्रकार कमला पाण्डेलाइ प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ ।प्रदेश ५ को स्थायी राजधानीको विषयमा संसदमा पेस भएको प्रस्तावलाई लिएर रुपन्देहीमा भइरहेको आन्दोलनको समाचार संकलन गर्ने क्रममा आइतबार साझ बुटवलबाट पत्रकार कमला अधिकारी पाण्डेल्राई प्रहरीले पक्राउ गरेको घटना नेपाल प्रेस युनियन रुपन्देहीले आपत्ति जनाएको छ। नेपाल प्रेस युनियन रुपन्देही कार्यसमिती सदस्य ,रेडियो नमस्तेका स्टेसन प्रमुख तथा रेडियो नेपालकी रुपन्देही संवादाता एवम सक्रिय पत्रकार कमला अधिकारी पाण्डेलाई आन्दोलनको समाचार संकलन गरि घर फर्कदै गर्दा चौराहमा नजिकबाट पत्रकार परिचयपत्र देखाउदा देखाउदै पनि जबरजस्ती रुपमा धरपकड गरि पक्राउ गरिनु खेद जनक मात्र नभइ स्वतन्त्र प्रेस माथि राज्यले गरेको ठाडो हमलाको रुपमा हामिले लिएका छौ , युनियन सभापति रेखा भुसाल र सचिव श्याम संकर पाण्डे द्धारा जारी विज्ञप्तिमा पत्रकारहरूमाथि धरपकड गरिनु दुःखद् भएको उल्लेख गरिएको छ ।

साथै प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दै गैरन्यायीक रुपमा हिरासतमा राखिएकी पत्रकार पाण्डेलाई निस्र्त रुपमा तत्काल रिहाइको माग समेत गरिएको छ । आन्दोलनकारिले मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार गरेपछि प्रहरीले आइतबार बेलुका धरपकड गरि कांग्रेस नेता कार्यकर्ता सहित पत्रकार पाण्डेलाई समेत पक्राउ गरेको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…