पश्चिम नवलपरासीमा ३ सय ५९ थान अबैध लेडिज कुर्ता बरामद

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
नवलपरासी,असोज १८। पश्चिम नवलपरासी प्रहरीले अबैध सामान ओसारपसार गर्ने १ अटोरिक्सा सहित ३५९ थान अबैध लेडिज कुर्ता सुरुवाल बरामद गरेको छ । शुक्रबार बिहान ११ बजे भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा लु १ ह १९६४ नं. को अटोरिक्सामा राखि ल्याउदै गरेको ४ बोरामा ३५९ थान लेडिज कुर्ता सुरुवाल ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका १ पुनर्वासबाट अटोरिक्सासहित बरामद गरेको हो ।


बरामद कुर्ता सुरुवालको अन्दाजी १ लाख ९३ हजार ९ सय र अटोरिक्साको मुल्य ३ लाख गरी जम्मा ४ लाख ९३ हजार ९ सय मुल्य बराबर रहेको छ । उक्त कुर्ता सुरुवाल अटोरिक्सामा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि अटोरिक्सा र सामान छाडी मानिस भगेका थिए । बरामद १ अटरिक्सा र ३५९ थान लेडिज कुर्ता सुरुवाल आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिनुभयो ।