प्रदेशको राजधानी परिवर्तनको गर्ने प्रस्ताव विरुद्ध नवलपरासीमा चक्काजाम

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
नवलपरासी, असोज  १९
प्रदेशको राजधानी दाङ्ग बनाउने प्रस्तावका विरुद्धमा आज पश्चिम नवलपरासीमा १ घण्टा चक्काजाम गरिएको छ । राजधानी दाङ सार्ने प्रस्ताव विरुद्ध तरुण दलले महेन्द्र राजमार्गमा चक्का जाम गरेको हो ।

तत्कालीन प्रधानमन्त्री एव नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी प्रदेश राजधानी बनाउन गरेको निर्णयलाई वर्तमान सरकारले बुटवलबाट राजधानी सार्ने प्रस्ताव फिर्ता गर्न माग गरिएको छ ।

आज आयोजना गरिएको बिरोध सभामा सहभागीहरुले सरकार विरुद्ध नाराबाजि गर्दै राजीनामा समेत मगेका थिए । सहभागीले टायर बालेर आन्दोलनलाई थप चर्काउन खोजेपछि प्रहरीले अबरोध गर्न खोज्दा केहिबेर स्थिती उग्र बनेको थियो ।

बिरोध सभामा बोल्दै काङ्ग्रेसका नेता तथा संविधानसभा सदस्य बिक्रम खनालले सरकारले बहुमतको दम्भका आधारमा प्रदेश राजधानी परिवर्तन गर्न लागिएकोमा चर्को बिरोध गर्नु भयो । सरकारले आफ्नो दम्भ देखाएर जनताको मतलाई अवमूल्यन गरेको बताउनु भयो ।

त्यस्तै नेपाली काङ्ग्रेसका नेता तथा संविधानसभा सदस्य देवकरण कलवारले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएको बताउनु भयो । तरुण दल जिल्ला सभापति सुकबहादुर गुरुङको सभापतित्वमा कार्यक्रम भएको थियो ।