
स्याङ्जामा नेकपा छोड्ने लर्को , करिब एक महिनाको अन्तरालमा करिब २ सय ५० काङ्ग्रेसमा प्रवेश
स्याङ्जा – संघीय सरकार देखि प्रदेश सरकार हुँदै स्थानीय सरकार सम्मको नेतृत्व गरेको नेकपाले चरम भ्रष्टाचार गरेको भन्दै यतिबेला स्याङ्जामा नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा सरकारको निरंकुश रबैयाको विरुद्ध स्याङ्जाका नेकपाका सदस्यहरु एक महिनाको अन्तरालमामात्रै करिब दुई सय पचासले पाटि परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नव प्रवेशिकाहरुले नेकपाले आफ्नो रबैय सुधार नगरे अझै साथीहरू नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । नेताले गलत काम गरे भने त्यसलाई गलत समेत भन्न नपाइने पाटिको आन्तरिक नितिले यत्रो बलिदान पछि आएको लोकतन्त्रलाई गिज्याइ रहेको भन्दै बोल्ने स्वतन्त्रता समेत नभएको पाटिमा बसेर देशको कुनै परिवर्तन नहुने भन्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नव प्रवेशिकाहरुले पाटी प्रवेशका क्रममा बताएका छन् ।
भासण सुन्दा राम्रै लाग्यो अब परिवर्तन गर्ने नेकपाले नै होइछ भनेर नेकपाको समर्थन गरियो तर पछि बुझ्दै जादा थाहा भयो बोल्ने अधिकार समेत नभएको पाटिमा बसेर परिवर्तन भासण सुनेर ताली बजाउने भन्दा अन्य केही काम नभएको भन्दै पाटी प्रवेश गरेको उनीहरुको भनाइ थियो ।आधिखोला गाउँपालिका १ मा सोमबार ६१ जनाले नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेसंगै यस महिना मात्रै स्याङ्जामा नेकपा छाड्नेको संख्या करिब दुई सय पचास पुगेको हो । नेपाल सरकारका पुर्व कर्मचारी संगठनमा कार्यरत विक्रम गुरुङ र शंकर बिकको नेतृत्वमा आधिखोला गाउँपालिका १ पन्चमुलमा काङ्ग्रेस प्रवेशको लर्को लागेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बुद्धि बहादुर राना कुमारू ले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गर्न दुई तिहाइको दम्भ प्रयोग गरेको हुँदा यसको लागि सबै आ- आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बेला आएको धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारीले संविधानले ब्यबस्था गरेको महिला अधिकारको सदुपयोग गर्दै राज्यको निर्णयक तहमा महिलाहरुले नेतृत्व लिने समय आएको हुँदा यसको लागि प्रत्येक गाउँ बाट महिला जागरुक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा प्रेमी तथा वरिष्ठ समाजसेवी लिल बहादुर गुरुङ, पर्यटन व्यावसायि उर्मिला गुरुङ, वालिङ् नगरपालिका वडा सदस्य सीता बिक, नेपाली काङ्ग्रेस पन्चमुलका पुर्व सभापति जीवन नाथ ढकाल , सोहि ठाउँकै तरुण दलका अध्यक्ष जितेन गुरुङ लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो भने नव प्रवेशिकाको तर्फबाट विक्रम गुरुङले आफ्नो धारणा राख्नु भएको थियो । यस अघि कालीगण्डकी गाउँ पालिकामा ४३ जना, आधिखोला गाउँपालिका ३ मा ३९ जना, पुतलीबजार नगरपालिका ९ मा २४ जना, पुतलीबजार नगरपालिका ४ मा १२ र वालिङ् नगरपालिका १० मा ४८ जनाले नेकपा छाडेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । यी स्थानीय तहहरुमा वालिङ् नगरपालिका बाहेक अन्यत्र नेकपाको नेतृत्वको स्थानीय सरकार छ ।