पत्रकार महासंघ रुपन्देहीका सहसचिव रायमाझीलाई कोरोना पुष्टि

२० आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सहसचिव कमल रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रायमाझीले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिए । उनी अहिले होम क्वारेन्टिनमा बसेको महांसघ रुपन्देही शाखाले जनाएको छ । रायमाझीले पछिल्लो पाँचसात दिनदेखि आफूको सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गरेका छन् । कोरोनाको उच्च जोखिम रहेका स्थानहरुको रिपोर्टिङ गर्न पुग्ने क्रममा आफूलाई संक्रमण भएको हुनसक्ने उनले बताए । ‘म अहिले होम क्वारेन्टिनमा छु । मलाई लक्षण देखिएको छैन । चाँडै निको भएर नियमित काममा फर्कने विश्वास लिएको छु’, उनले भने । जोखिमयुक्त क्षेत्रमा समाचार संकलन गर्न जाने क्रममा कोरोना हुनसक्ने आशंकामा आफूले पीसीआर जाँच गरेको र स्वाब परीक्षण गर्दा कोराना पोजिटिभ देखिएको उनले जनाए । प्रेस संगठन रुपन्देहीके स–संयोजक समेत रहेका रायमाझी राष्ट्रिय समाचार समिति, सगरमाथा टेलिभिजन र लुम्बिनीखवर पत्रिकामा कार्यरत छन् । भैरहवा क्षेत्रमा रहेर एक दशकभन्दा लामो समयदेखि उनी पत्रकारितामा क्रियाशील छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया