प्रदेश ५ : कानुन मन्त्रीले संसदमा प्रयोग गरेका अर्मयादित शब्दहरु फिर्ता लिन काँग्रेसको माग

२० आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल, असोज १९ -नेपाली काँग्रेस प्रदेश नं. ५को प्रदेश सभा सचेतक निर्मला क्षेत्रीले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशीले प्रदेश सभाकै रोष्टमबाट सांसदहरु प्रति असहिष्णु र अर्मयादित व्यवहार गरेको भन्दै त्यसप्रति आपत्ती जनाएकी छन ।
सचेतक क्षेत्रीले विज्ञप्ती जारी गर्दै मन्त्रीले बोलेका ती अर्मयादिद शब्दहरु संसद सचिवालयको रेकर्डबाट हटाउन र ती शब्दहरु फिर्ता लिन रुलिङ गर्न सभामुखलाइ आग्रह गरेकी हुन ।
संसदको गरिमा र मर्यादा विपरित मन्त्रीले नै रोष्टमबाट सांसदहरुलाइ घिसारेर निकालीहाल भनेर मर्यादा पालकलाइ दिएको निर्देशनले सांंसदहरुलाइ उत्तेजित बनाउने काम गरेको भन्दै सचेतक क्षेत्रीले त्यसप्रति खेद प्रकट गरेकी हुन । सभामुखलाइ साक्षी राखेरै असोभनिय र अर्मयादित सब्द प्रयोग गरी संसदको गरिमाको धज्जिया उडाएको सचेतक क्षेत्रीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रीले नै सांसदहरुलाइ घिसारेर बाहिर निकाल्न मर्यादा पालकलाइ निर्देशन दिएपछि
प्रदेश नं. ५ मा सभामुख र कानुन मन्त्रीले नै संसदिय मर्यादा कायम गर्न नसक्दा सोमबारको प्रदेश सभा बैठकमा तनाव सिर्जना भयो । प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नै संसदको रोष्टमबाटै सांसदहरुलाइ घिसारेर बाहिर निकाल्न निर्देशन दिए । प्रतिपक्ष सांसदहरुले संसदिय मर्यादा कायम हुनुपर्ने, असंवैधानिक ढंगबाट ल्याइएको प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव खारेज गर्नु पर्ने लगायतका माग राखेर सदन अबरुद्ध गरेका थिए ।

अबरोधका बाबजुद मन्त्री केसी रोष्टममा पुगेर बोल्न लाग्दा विपक्षी सांसदले टेबल ठोकेर बिरोध गर्न नछोडेपछि उनी आवेशमा आए । तत्कालिन माओवादीबाट निर्वाचित मन्त्री केसीले रोष्टमको ठिक तल उभिएका मर्यादापालकलाइ तन्कीदै पछाडीबाटै कोट्याए र आक्रोसित मुद्रामा भने ‘हेलो समातेर हाली दिनुस’ । घिसारेर निकालीदिनुस,निकाल्दिहाल्नुस’ । मन्त्रीको त्यस्तो निर्देशन सुनेर मर्यादा पालक पनि एक छिन त अलमलमा परे । संसदिय आचरण र व्यवहारको रत्तीभर ख्याल नगरी मन्त्रीले नै सांसदहरुलाइ घिसारेर बाहिर निकाल्न निर्देशन दिएपछि काँग्रेसका केही सांसद आक्रोसित भए । टेबल ठटाएर बिरोध गरीरहेका केही सांसदले त्यसपछि कुर्सी नै तोडफोड गरे । त्यती हुँदा सम्म सभामुख पूर्णबहादुर घर्ती भने गम्भिर देखिएनन । उनी हाँसीमात्रै रहे ।

सोमबारको बैठकमा सहभागी विपक्षी सांसद मात्रै हैन सत्तारुढ दलकै सांसदहरुले पनि संसदिय मर्यादा र विधिको शासनको पालना गराउने पदमा रहेका मन्त्रीले नै संसद र सांसदहरुकै गरिमा माथि प्रहार गरेको भन्दै असन्तुष्टि जनाएका छन ।प्रदेश सरकारले गत शुक्रबार सदनमा पेश गरेको प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्तावका बिरुद्ध प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको सदनमा बिरोध जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया