कांग्रेस संसदीय दल प्रदेश ५ को ह्विप , डिल्ली चौधरी लगायतका ६ जनाले ह्विप नमान्ने

प्रकाशित मिति:

बुटवल,असोज २० । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मंगलबार बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो। तर नेपाली कांग्रेसका डिल्ली चौधरी सहीतका नेताहरुले ह्विप नमान्न वताएका छन् ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए। ‘प्रदेशको राजधानी बुटवलमै यथावत राख्नुपर्छ। दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको छ,’ उनले भने, ‘नाम लुम्बिनी ठीक छ। प्रदेशको नाम लुम्बिनी राख्नेबारे कांग्रेसको समर्थन नै छ। प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ।