राजधानी सारेको बिरोधमा रुपन्देही काँग्रेसद्धारा आजलाइ कालो दिनको घोषणा , साँझ ७ बजे एक घण्टा बत्ती निभाएर बिरोध जनाईयो

२० आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल, अशोज २० – प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सदनबाट पास भएको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले आजको दिनलाइ कालो दिनको रुपमा मनाएको छ ।

नेपाली काँग्रेस सहित रुपन्देहीबासी आन्दोलनमै रहेका बेला प्रदेशको राजधानी दाङ तोकीएपछि नेपाली काँग्रेस रुपन्देहीले अकस्किम बैठक बसी त्यसको बिरोध स्वरुप साँझ ७ बजेदेखि ८ बजे सम्म बत्ती निभाएर कालोदिन मनाउने निर्णय गरेको थियो । त्यसकालागि काँग्रेसले सम्पुर्ण जिल्लाबासीलाइ साँझ ७ बजेदेखि एक घण्टा बत्ती निभएर कालोदिनको रुपमा सम्झना गर्न आग्रह समेत गरेको थियो ।

। प्रदेश राजधानीकालागि रुपन्देही बासीले बिगतमा ठुलो योगदान दिएको र बहुसंख्यक जनताको पायक पर्ने भएकाले रुपन्देहीलाइ नै स्थायी राजधानी तोक्नु पर्ने काँग्रेसको माग यथावत रहेको भन्दै त्यसकालागि काँग्रेसको निरन्तर पहल जारी रहने सचिव रामकृष्ण खाँणले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया