कुन कुन कांग्रेसका सांसदले ह्वीप उल्लंघन गरेर राजधानी दाङ बनाउने पक्षमा मत हाले

२० आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


असोज २० । आज वसेको संसद वैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । नेकपा र नेपाली काग्रेसले सांसदहरुलाई ह्वीप लगाएको थियो । नेकपाका सांसदहरुलाई राजधानी भालुवाङ राख्ने प्रस्तावमा मतदान गर्न ह्वीप जारी गरीएको थियो भने नेपाली कांग्रेसका सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप लगाईएको थियो ।

दाङको भालुवाङ स्थायी राजधानी राख्ने प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत मात्र खसेको थियो । नेपाली कांग्रेसले ह्वीप जारी गरेको भएपनी भालुवाङ राजधानी राख्ने प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका डिल्ली चौधरी सहीत पांच जना सांसदहरु बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, दाङका सांसद शंकर गिरी र अर्जुन श्रेष्ठले भालुवाङको पक्षमा मतदान गरेका थिए । भालुवाङकै पक्षमा मत हाल्न सक्ने अनुमान गरीएका सांसद सुरेन्द्र हमाल काठमाडौ भएका कारण बैठकमा अनुपस्थित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया