नेपाल मगर संघंलाई सांसद मल्ल द्धारा आर्थिक सहयोग

२० आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


चापाकोट । नेपाल मगर संंघ चापाकोट नगरपालीका वडा नं ५ सेखाम साहान्दी टोल स्याङ्जाको भवन उद्घाटनका क्रममा प्रदेश सभा सांसद भागवत प्रकाश मल्लले ७६ हजार आर्थिक सहयोग गर्नु भएको छ ।

सभापती राममाया थापा मगरको सभापतीत्वमा भएको कार्यक्रम दान बहादुर थापाले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय उपसभापती अजुन प्रकाश अर्याल , राम वहादुर थापा , केशर वहादुर थापा ,वडा अध्यक्षहरु ईन्द्र वहादुर शाही ,विक्रम शारु , क्षेत्रीय सदस्य लालु थापा ,नेविसंघ क्षेत्रीय सभापती धनराज पौडेल , नगर सल्लाहाकार विश्वास पुरी लगायतले मन्तव्य राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया