बुटवलको कोरोना विशेष अस्पतालमा बुधवार बिहानै २ संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी को सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पिसिआर परिक्षणका लागि असोज १५ गते स्वाब पठाइएको र १६ गते पोजेटिभ नतिजा आएपछि कोरोना अस्पतालको आइसियुमा भर्ना गरिएको पुरुषको बुधवार बिहान १२ः ५० बजे मृत्यु भएको डा गौतमले बताए । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।
त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पिसिआर परिक्षण गरिएकामा नतिजा पोजेटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा गौतमले बताए । उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।