सांसदहरुद्धारा राप्ती क्षेत्रमा भेटघाट

२१ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली-असोज २१, मसुरीया ,देउखुरी दाङ- राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र लुम्बिनी प्रदेशको केन्द्रको रुपमा छनौट भए संगै बुधवार काग्रेश सांसदहरुले राप्ती क्षेत्रमा भेटघाट गर्नु भएको छ ।

प्रदेश को राजधानी तोक्ने बारेमा मतदान भए पश्चात नेपाली काग्रेशका तर्फवाट समर्थन गर्ने ५ सांसदले राप्ती गाउँपालिकामा नागरिक तथा जनप्रतिनिधि संग भेट गर्नु भएको हो ।प्रदेश राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गर्न काग्रेशको तर्फवाट मतदान गर्नुहुने दाङ, बाके र बर्दिया जिल्लाका सांसद डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, राजु अन्सारी, भुवनेश्वर चौधरी र शंकर गीरीले राप्ती गाउँपालिकामा नागरिक तथा जनप्रतिनिधि संग भेट गर्नु भएको हो ।

भेटघाटको क्रममा काग्रेश सांसदहरुले पार्टिलाई उच्च स्थानमा राख्दै प्रदेश भरिका नागरिकको सम्मान र संघियताको मर्मलाई सस्थागत गर्न प्रदेशसभा बैठकमा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्तावमा मतदान गरेको बताउनु भएको छ ।
प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं। १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं। ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बन्ने निर्णय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग