बडिगाड गाउँपालिकाको प्रशाशनिक भवनको सिलन्यास

प्रकाशित मिति:

कौरव खत्री- गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जनता राज्यप्रति उत्तरदायी हुनुपर्ने र राज्य जनताप्रति जवाफदेहि हुँदा मात्र समृद्ध नेपाल बन्ने बताए ।बागलुङको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गर्दै मन्त्री गुरुङले नेपालमा जबसम्म करको दायरा वढ्दैन तवसम्म राज्यको आम्दानी नवढ्ने र कम आम्दानी भएपछि विकास पनि कम हुने बताउँदै मन्त्री गुरुङले राज्य कमजोर भएकोले भ्रष्टाचार वढेकोले राज्यलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

सोही कार्यक्रममा प्रदेश सांसद इन्द्रलाल सापकोटाले जनप्रतिनिधि र कर्मचारीले आफ्नो काममा चुस्तता देखाउनु पर्ने बताउदै जनताले संघीयताको सहि अनुभूति गर्न नसकेको भन्दै काममा परिवर्तन हुनुपर्ने बताए ।सोही अवसरमा प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले तिन तहकै सरकार, राजनैतिक दल कोभिड १९ मा केन्द्रित हुनुपरेको भन्दै विषम परिस्थितिमा समेत भौतिक विकासमा अगाडि वढिरहेको बताउदै गाउँपालिकालाई धन्यवाद दिए । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले निर्वाचनका वेला गरिएका धेरै प्रतिवद्धता पुरा गरेको र वाँकी काम आगामी २ वर्षमा सक्ने बताए । त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य सुनिल शेरचन,नेपाली काग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी,राष्ट्रिय जनमोर्चाका भिमसेन बन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा जिल्लामै पहिलो पटक गाउँपालिकाको प्रशासनिक भवन वन्न लागेको हो ।सोही भवन निर्माणको लागि निर्माण कम्पनी माउण्टेन कविन्द्र जेभिले ५ करोड,१८ लाख ५४ हजार, ८ सय,१९ रुपैयामा २०७८ मंसिर १६ गते सम्म निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको छ ।भवनको लागि बडिगाड गाउँपालिकाले २ करोड तथा गण्डकी प्रदेश सरकारले २ करोड गरी कुल ४ करोड चालु वर्षमै विनियोजन गरेका छन् । भवन निर्माण गर्नको लागि स्थानियहरुले ९ रोपनी बढि जग्गा गाउँपालिकाको नाममा निशुल्क प्रदान गरेका थिए ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले बडिगाड गाउँपालिकाको चिनारी गराएका थिए । कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा गडिगाड गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन खरेलले स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मीले गरेका थिए ।