अबैध हतियारमा स्याङ्जा प्रहरीको निगरानी, भरुवा बन्दुक सहित २ जना पक्राउ

२१ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल,स्याङ्जा—अबैध रुपमा हातहतियार राख्ने विरुद्ध स्याङ्जा प्रहरीले स्ट्रिङ अपरेसन चलाएको छ । कोभिड १९ को मौकामा शान्तिसुरक्षा संक्रमण न्युनिकरण गर्न खटिरहेका बेला अपाधिक क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले स्ट्रिङ अपरेशन चलाएको हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैध हात हतियार राख्ने तर्फ निगरानी बढाएको छ । प्रहरीले चलाएको स्ट्रिङ अपरेसनमा अबैत्र हतियार राख्ने दुई जनालाई पक्राउन गरेको छ । भरुवा बन्दुक सहित प्रहरीले पुतलीबजार नगरपालिका ६ बस्ने ६६ बर्षका थमन गुरुङ् र २० बर्षका सुजन गुरुङ्लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

 

थमन गुरुङको साथबाट एक थान अबैध भरुवा बन्दुक, भरुवा बन्दुकको नाल एक थान,बारुद थान १४५ ग्राम,टिनको स—साना पाता ११ वटा, केप ५ थान, काँचो सिसा १५६ वटा नियन्त्रणमा लिईएको प्रवक्ता नायव उपरिक्षक अधिकारीले बताए । त्यस्तै सुजन गुरुङको साथबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । चाडवाड नजिकिदै गर्दा शान्तिसुरक्षामा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका जिल्ला प्रहरी प्रमुख होविन्द्र वोगटीले सुरक्षा गस्ति बढाएको बताएका थिए । सुरक्षा गस्ति बढाए सगै प्रहरीले अबैध हतियार राख्ने व्याक्ति प्रकाउ परेका हुन् । अदालतले सजाय तोकेका फरार अभियुक्त धमाधम पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले सामाजिक, आर्थिक, भौतिक, प्राकृतिक लगायतका बिषयमा खलल् पु¥याउने व्याक्तिलाई नछाड्ने अडानका साथ अगाडी बढेको देखिन्छ ।

प्रवक्ता अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट अनुमति नलिएका र नविकरण नगरी अबैध रुपमा राखिएका आर्थिक बर्ष २०७७÷०७८ को साउन देखि असोज सम्म ८ नाल भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको छ । अबैध रुपमा अझै धेरै संख्यामा हतियार रहेको प्रहरीले आशंका गरेको छ । तिब्र रुपमा गस्ति बढाएको प्रहरीले अबैध धन्दामा जोसुकै परेपनि नछाड्ने जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…