नेपाली कांग्रेसका नेता विष्णु पोखरेल सहीत पक्राउ परेका सवै रिहा

प्रकाशित मिति:

लुम्बिनी प्रदेशको स्थायी राजधानी वुटवल कायम हुनुपर्दछ भन्दै आन्दोलनमा होमिदा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता आज रिहा भएका छन । असोज १८ गते साँझ राजमार्ग चौराहाबाट पक्राउ परेका कांग्रेस नेता तथा कार्यकर्तालाई आज प्रहरीले रिहा गरेको हो ।

नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेल , नेविसंघका केन्द्रीय उपसभापति मुक्ति पौडेल , नेपाली कांग्रेस तिलोत्तमा नगरपालिकाका सभापति हरिलाल पाण्डे , नगर सचिब शिव गैंरे , उपाध्यक्ष ज्ञानेन्द्र कार्की , तरुण दलका प्रकाश गैरै आज रिहा भएका हुन । उनिहरु रिहा भएपछि नेपाली कांग्रेसले खादा लगाएर सम्मान गरेको छ ।

रुपन्देही जिल्लामा स्थायी राजधानी कायम गर्नको लागि आन्दोलनमा होमीएको भन्दै नेता तथा कार्यकर्तालाई कांग्रेस रुपन्देहीले सम्मान ब्यक्त गरेको हो । सम्मान ब्यक्त कार्यक्रममा कांग्रेस युवा नेता विष्णु पोखरेलले रुपन्देहीमा लुम्बिनी प्रदेशको राजधानी कायमको लागि निरन्तर आन्दोलनमा लागि रहने बताउँनुभयो । अर्को चुनावमा नेपाली कांग्रेसले दुई तिहाई प्राप्त गरेर भएपनि वुटवलमा स्थायी राजधानी राखिने बताउँनुभयो ।