बुद्धभुमी नगरपालिकामा श्रम मैत्री नीति निर्माणको लागि छलफल

प्रकाशित मिति:

असोज  २१ कपिलबस्तु ।  कपिलबस्तु जिल्लाको एक सामाजिक संस्थाले बुद्धभुमी नगरपालिलाई लक्षित गरी बुधबार एक कार्यक्रमका बीच श्रम मैत्री नीति निर्माण गर्न छलफल कार्यक्रम अगाडी वढाएको छ ।  विगत ७ बर्ष देखि श्रमिक व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको यस घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेश इनिसियटिभको सहयोगमा ‘विविएन’ कार्यक्रम अन्र्तगत श्रमिक र उद्योगी दुवैका लागि हितहुने गरी नीति निर्माणको कार्यक्रम तथा छलफललाई अगाडी वढाएको हो ।


श्रमिक व्यवस्थापनको क्षेत्रमा भन्दै यस संस्थाले विगत ५ वर्ष देखि १४ वटा ईट्टा उद्योगमा काम गर्दै आईरहेको छ । जसमध्ये बुद्धभुमी नगरपालिकाका ७ वटा ईट्टा उद्योगमा श्रमिक, बालबालिका लगायत उद्योगको समग्र रुपान्तरण गर्ने उद्देश्यले काम गर्दै आएको संस्थाका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘ईट्टा उद्योगमा बालश्रम निवारण, ईच्छा विपरित तथा जवरजस्ती श्रम निवारण, अमानवीय व्यवहारको अन्त्य, कामदारको सुरक्षा र स्वास्थ्य, उचित व्यवस्थापन लगायत बासस्थान सुरक्षित खानेपानी, कामदार समिति गठन, श्रमिकहरुलाई विभिन्न किसिमका सचेतना मुलक तालिम दिदै आएका छौं ।’  उहाँले आफुहरुले श्रमिकहरुको स्वास्थ्यको लागि नीति तथा निजि स्वस्थ्यको लागि नीति तथा निजि स्वास्थ्य क्षेत्रको परिचालनमा काम गर्दै आएको बताउँदै परियोजनाले हाल सम्म १२ वटा ईट्टा उद्योगलाई बाल श्रम मुक्ता गराइ सकेको जानकारी दिनुभयो ।  त्यस्तै ७ वटा ईट्टा उद्योगलाई प्रमाणिकरण सम्म पु¥याएको समेत बताउँनुभयो ।  बुद्धमूमि नगरपालिका संगको सहकार्यमा श्रम मैत्री नीति निर्माण गर्न छलफल कार्यक्रममा विज्ञका रुपमा अधिवक्ता गुणनिधी भुसाल, अधिवक्ता रविराज आचार्यलाई श्रम मैत्री नीति ढाँचा तयारीको जिम्मा दिईएको छ ।  नीतिको ढाँचा तयार  भएपछि सरोकारवाला सहितको अन्र्तक्रिया गरी बुद्धभुमी नगरपालिकामा श्रम मैत्री नीति लागु गरिने बुद्धभुमी नगरपालिका नगर प्रमुख  केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रम मैत्री नीतिको प्रारम्भिक मस्यौदा २०७७ को दशैको पहिलो हप्ता नगरपालिकामा पहिलो पटक पेश गरिने र  त्यस ढाँचाको बारेमा सरोकारवाला संग छलफल गर्ने निर्णय समेत गरिएको छ ।  त्यस्तै श्रम मैत्री नीति निर्माण छलफल कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ, नगर उप–प्रमुख मिरा थारु, बुद्धमूमि नगरपालिका प्रशासन अधिकृत राजन कुमार पोख्रेल, अधिवक्ता द्वय गुणनीधि भुसाल, रविराज आचार्य, संस्थाका कार्यक्रम संयोजक दुर्गा अर्याल लगायत संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।