तिलोत्तमा मिडिया क्लबका अध्यक्ष पौडेललाई कोरोना संक्रमण

२२ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा,२१ असोज । तिलोत्तमा मिडिया क्लबका अध्यक्ष लक्ष्मण पौडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार ज्वरोसहित सामान्य लक्षण देखिएकोले पीसीआर परीक्षण गर्दा बुधबार संक्रमण पुष्टी भएको र स्वास्थ्यमा कुनै समस्या नरहेको पौडेलले फेसबुक पोष्टमार्फत जानकारी गराएका छन् ।

 

आफूलाई संक्रमण भएपछि पौडेलले आफूसंग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोध गरेका छन् । आफूसंगै श्रीमतीको कोरोना परीक्षण गर्दा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी गराएका छन् । ‘

 

यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण मैले छिट्टै कोरोना संक्रमणलाई जित्ने छु,कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछु’–अध्यक्ष पौडेलले बुधबार सांझ फेसबुक स्टाटसमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया