लोकतन्त्रको क्षयिकरणमा डा: केसीका माग के सम्बोधन होलान ?

प्रकाशित मिति:

खगेश चन्द –   डा।गोबिन्द केसि को बेडमा झुन्डाएको प्लेकार्डमा लेखिएको छ दुर दराजमा मेडिकल शिक्षा खोइरुरुयो प्रश्नको जबाफ सरकारले दिन नसकेर नाजबाफ भएको छ अझै भन्ने नै हो भने निरही भएर कानमा तेल हालेर सुतेको छ। राज्यले उठाउनुपर्ने मुद्दाहरु डा केसि ले उठाउनुभएको छ र जनताका लागि उहाँ कठिन बाटोमा हिड्दैहुनुहुन्छ।बिगत आठ बर्षदेखि चिकित्सा शिक्षा सुधारका माग उठाउदै चरण – चरणमा सत्याग्रह गरेका डा।गोबिन्द के।सिले बि।स २०६९ साल असार २१ गते आईओएम मा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने माग राखेर पहिलोपटक अनसन बसेका थिए र त्रि।बि कार्यकारी परिषदले डा।केसि को मागलाई सम्बोधन गर्दै वरिष्ठताका आधारमा डिन नियुक्ति गरेको थियो र अनसन तोडिएको थियो।त्यसपछी विभिन्न समयमा डा। के सि निस्वार्थ रुपमा सर्वसाधारणको हितका लागि अनशन बसिरहेका छ्न र उनले विभिन्न सरकार संग सम्झौता पनि गरिसकेका छ्न तर बिडम्बना आमरण अनसनको २४र२५ दिन पुगेपछि सरकारले एउटा वार्ता टोलि गठन गरेर एउटा कागजमा सहमती गर्छ अनि त्यो सहमती भएको कुरा लागू गराउन अर्थात कार्यान्वयन गराउन डा।केसि ले फेरी अनसन बस्नुपर्ने बिगतको जुन प्रवृत्ति रहेको छ यो निकै लज्जास्पद ,गलत र अनउत्तरदायी प्रवृत्ति छ।उत्तरदायित्व हराउदै गएको समयमा आशाका आधारशिल भएर डा। केसि ले नागरिकहरुको जनजिबिका र स्वास्थ्यसंग सम्बन्धित मागहरु राखिरहेका छ्न।

डा: केसि का मागहरु के के छ्न ? कर्णाली स्वास्थ्य बिज्ञान प्रतीष्ठानमा तत्काल पुर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस लगायतका कार्यक्रम संचालन गर्नुपर्ने ।गेटा मिडिकल कलेज र राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानमा पुर्वाधार र जनशक्ति पुगाएर पठनपाठन सुरु गर्नुपर्ने ।प्रदेश (२ वा गण्डकी प्रदेश तथा डोटी डडेलधुरा उदयपुर र इलाम वा पाचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने । २।त्रि।बि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउदै सबै पदमा वरिष्ठतका आधारमा नियुक्त गर्नुपर्ने । ३।साउन१०,२०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने सस्नातकोत्तर तहमा खुलातर्फ ७०५ सिट कायम गर्नुपर्ने र सबै प्रदेसमा एउटा सरकारि मेडिकल कलेज पुर्याउने । ४।मास्कको प्रयोग र सामाजिक दुरिलाई अनिवार्य गर्दै पिसिआर परिक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने ।कोभीड तथा अन्य रोगका सबै बिरामिको लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने।५।बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरि दिगो निस्शुल्क सेवा सुनिश्चित गर्नुपर्ने र ठुला भ्रष्टाचार काण्डको छानबिन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने डा। केसिका मागहरु रहेका छ्न।

डा।केसि का मागहरु कत्तिको जायज ? पहिलेका सरकारसंग सहमति भएका मागहरु सम्बोधन नभएको हुनाले डा।केसि पटकपटक तिनको कार्यान्वयनका लागि आमरण अनशन बस्नु पर्ने बाध्यता सिर्जना भैइरहेको छ। निकै जायज न्यायोचित र नागरिकको अधिकार र जनताको भबिस्य सुनिस्चितको लागि उहाका मागहरुलाई सरकारले संमबेदनशिल भएर उहाका माग पूरा गर्नुपर्दछ र राज्यले एउटा अभिभावकिय जिम्मेवारी बोध गर्नुपर्द्छ।वार्ताको पहल त परको कुरा हो सरकारको प्रवक्ता प्रदिप ज्ञवालिले अहिले सत्याग्रहको समय नभएको टिप्पणी गरे,उनले भनेूडा। केसि का धेरै माग पूरा भएका छ्न ,केही प्रक्रियामा छ्न ,केही बाकी भए छ्लफलबाट पछि गर्न सकिन्छ।तर अहिले कोरोना बिरुद्ध लडने समय हो ,असामान्य अवस्थामा सत्याग्रह सुहाउँदो विषय होइनू।यसबाट के लख काट्न सकिन्छ भने डा।के।सिको कुरा सरकाले सुन्नै चाहेको छैन र माग के छ्न ,कसरी सम्बोधन गर्न सकिन्छ ,के गर्ने भनेर प्रतिनिधि पठाएर बुझ्ने चेष्टा समेत गरेको देखिदैन।उनले स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै आमरण अनशन १९ औ पटकको २४ औ दिन पुग्दासम्म सरकार भने सम्बन्धित मागहरुलाई समेत सम्बोधन नगरी कुम्भकर्ण जस्तो चिर निन्द्रामा सुतिरहेको छ।हाम्रा पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई जसरी प्रधानमन्त्रीको कार्यलय छोड्दा एउटा छाता र टिनको बाकस लिएर निसकिनु भयो ठिक त्यसै गरि आफ्नो बिलासिताको जिवनलाई त्यागेर जनताको हक अधिकार भबिस्य र नागरिकको हितलाई मध्यनजर गरेर १९ पटकसम्म सत्याग्रहमा बस्ने मान्छे माथी शाङका गरिनु ,लान्छना लगाईनु यो निकै अपमानजनक कुरा हो।२४ दिनदेखि अनशनमा रहेका डा।गोबिन्द केसि को स्वास्थ्य जटिल बन्दै गएको कुरालाई मध्यनजर गरि उनका न्यायोचित र जायज आवाजहरुलाई सम्बोधन गर्दै बालुवाटारले अब आफ्नो बालहठलाई त्यागेर डा।केसि का मागहरुलाई उचित सम्बोधन गर्नुपर्दछ।

महात्मा गान्धी र डा।गोबिन्द केसि जस्ता महान पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको हो।बाटोहरु अरु पनि थिए उनले आफ्नो माग परिपुर्ति गर्ने तर जनमानसमा असर नपुग्ने हिसाबले उहाले बिकल्प रोज्नु नै महानता हो।उहाँ जस्तो अभियान्ता देशलाई आज मात्रै होइन भोलि पनि चाहिने छ भन्ने कुरामा कुनै दुई मत छैन।सत्याग्रही डा।गोबिन्द केसिको आमरण अनशन २४ औ दिन पुग्दासम्म पनि सत्तापक्षका नेताहरु बामदेब गौतमको प्रमोसन ब्यस्त छ्न भने प्रतिपक्ष काङ्ग्रेस बोल्न त बोलेको छ तर उसको बोली शुन्यमा शुन्यसरि नै बिलाएको छ।बिगतमा उसको सत्तायात्राको क्रममा उनको मागलाई सम्बोधन गर्न आनकानी गर्ने अहिले प्रतिपक्षबाट मागको सम्बोधन नगरेको भन्दै आपत्ती जनाएको छ।काङ्ग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बुधबार बिज्ञप्तिमा प्रश्न गर्दै भनेका छ्न डा।के।सि संग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी होरुरु भन्दै प्रश्न गरेका छ्न।डा।केसि अनशन बस्दा सरकारमा भएका दल र नेताहरुले वास्ता नगर्ने र प्रतिपक्षमा भएपछी केसिको अनशनमा ऐक्यबद्धता जनाउन पुग्छ्न ।तिनै नेता प्रतिपक्षमा हुदा डा।के।सि को माग पूरा गर्न चर्को दवाब दिन्छ्न ,सडकमा प्रदर्शन गर्छ्न तर आफू सरकारमा रहेको समयमा उनका मागहरुलाई कार्यान्वयन भने गर्दैनन ।यो क्रम निरन्तर चलिनैरहेको छ।

राष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ र मुलुकमा जनताका मागहरु उचित सम्बोधन गरिनुपर्छ र सम्बोधन नगरिए लोकतन्त्रको क्षयिकरणको सुरुवाती हुन्छ।हुन त लोकतन्त्रको क्षयिकरणको शुरूवात नभएको कहाँ होर जस्तैःबामदेबलाई सत्ताको बलमा संविधान विपरीतको अभ्यासमा लान खोजिनु, कुलमानको पुनः नियुक्तिको माग गर्दै गर्दा कोरोना महामारीका बिच सडकमा आएका जनताले प्रहरिले दमन गर्नु र जन अपेक्षाको कुनै कदर नगरिनु ,राज्यले कमजोर भुमिहिन समुदायको बैकल्पिक पुनः स्थापनको सट्टा दमन र आक्रमण गर्यो र बनमन्त्रिले चेपाङको घर होइन मकै हेर्ने मचान मात्रै जलाएको हो भन्दै उपक्षित भासामा माजाक उडाउनु र निर्मला र सम्झनाले अहिलेसम्म न्याय नपाउनु र दिनदाहाडै बलात्कारकारका घाटनाहरु बढदै गर्दा पनि राज्यसत्ता मौन रहनु अधिनायकवाद र एकतन्त्रीय भएर शासन पद्धति चलाउनु र डा गोबिन्द केसि स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनमा छ्न तर उनी मृत्युको मुखमा पुग्दासमेत राज्य संबेदनसिल हुन नसक्नु यी र याबत गतिविधिहरुले लोकतन्त्रको दिनप्रतिदिन हत्या भैईरहेको छ।त्यसैले यदि लोकतान्त्रिक मुलुकमा जनताको मागलाई सम्बोधन गरिदैन भने लोकतन्त्र पनि धरापमा पर्ने सम्भावना उच्च हुन्छ।सरकार त गोबिन्द केसि को मुद्दामा बोलेन के अब हामी नागरिक समाज पनि नबोल्नेरु उहाँले आफ्नो लागि होइन जनताका लागि अनशन बसेका हुन ।गरिब जनता उपचार नपाएर नमरुन भनेर स्वास्थ्य क्षेत्रको सुधारको लागि सत्याग्रह सुरु गरेका हुन।त्यसैले अब बुद्धिजिबिहरु ,बौद्धिक ब्यक्तित्वहरु ,एनफ इज इनफका अभियान्ताहरु,समाजसेबी ब्यक्तिहरु र चिकित्सा क्षेत्रका सम्पुर्ण ब्यक्तिहरु हामी सबैले सरकारलाई भन्नुपर्छ हामी तपाईहरुलाई शान्तिपूर्ण तरिकाले अफ्नो मागको सम्बोधनको अह्वान गर्दैछौ यदि डा।केसि का जायज आवाजहरुलाई सम्बोधन गर्न ढिलाई गर्ने गम्भीर भुल किमार्थ नगरियोस् । खगेश चन्द ,कानुन अध्ययनरत बिद्यार्थी