डाइभर्सिटी भिसा डिभी बुधबार रातिबाट खुल्र्यो

२२ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असोज २१ : सन् २०२२ को डाइभर्सिटी भिसा डिभी बुधबार रातिबाट खुलेको छ । नेपाली समय अनुसार २०२२ को डिभी भिसाको आवेदन  राति ९:४५ बाट खुला भएको हो। डिभी भर्ने अन्तिम म्याद कार्तिक २५ गते नेपाली समय अनुसार रातको १० :४५ बजे बन्द हुनेछ।

डिभी भर्न के–के चाहिन्छ ? डिभी भर्न कुनै शुल्क लाग्दैन। अमेरिकी दुतावासले डिभी भर्न कुनै कन्सल्यान्टको सहयोग नलिन आग्रह गरेको छ। डिभीको फारम अनलाइनमार्फत भर्न सकिनेछ। आवदेन दिन चाहानेले www.dvlottery.stvate.go मा गएर आवेदन फारम भर्न सक्नेछन्। फारम भर्दा पतिरपत्नी को विवरण सँगै २१ वर्ष पुरा नभएका अविवाहित सन्तानको विवरण समेत खुलाउनुपर्नेछ।

एक व्यक्तिले एउटा मात्रै आवेदन भर्न पाउनेछन्। डिभी भर्दा हालसालै खिचेको फोटो प्रयोग गर्नुपर्नछ। अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरिएको फोटो मान्य नहुने दुतावासले जनाएको छ। फोटो खिच्दा चस्मा नलगाउन समेत आग्रह गरिएको छ। यस्तै म्याद समाप्त नभएको राहदानीको विवरण राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने म्याद उल्लेख गर्नुपर्नेछ। आवेदन फारम भरिसकेपछि कन्फर्मेशन नम्बरलाई सेभ र प्रिन्ट गर्न दुतावासले आग्रह गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग