वालिङ १३ मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न ।

२२ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


वालिङ – वालिङ नगरपालिका वडा नम्वर १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत वडा नम्वर १३ कटौंजेका कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको थियो ।कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता गैह्रे, समाजसेवी बालानन्द डुम्रे,अगुवा कृषक गणेश डुम्रे,टिकाराम घर्ती र शुक्र बहादुर जिटी लगायतले बोलेका थिए ।
कार्यक्रममा कृषि प्राबिधिक शोभाकान्त पाण्डे र बिष्णु प्रसद न्यौपानेले प्रशिक्षण दिएका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे