वहुमतको निर्णयले संघियता कमजोर हुने शाहको आशंका , अवैध साठगाढले राजधानी सरेको आरोप

प्रकाशित मिति:

बुटवल २२ असोज । नेपाली कांग्रेसकाका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले वहुमतको आधारमा हरेक निर्णय गर्दै गए जनतामा वदलाको भाव बढ्दै जाने बताउनु भएको छ । उहांले राजधानी सार्ने जस्तो महत्वपुर्ण विषयमा गंभिर छलफल र संवाद हुन नसकेकोमा दुख व्यक्त गर्नु भयो ।

रुपन्देहीको कञ्जन गाउपालिकामा वडा न ५ मा नेपाली कांग्रेसले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा बोल्दै नेता शाहले अल्पमत पक्षलाई हरेक कुरामा उपेक्षा गर्दै गए संघियता विरोधी भावना बृद्धि हुदै जाने धारणा राख्नु भयो । जनताको भावनासंग जोडिएका विषयलाई बहुमतका आधारमा निर्णय गर्दै धेरै कुरा विचार गर्नु पर्ने उहांको तर्क रहेको छ ।

सो अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका उमेदवार विष्णु पोख्रेलले सरकार वहुमतका नाममा दम्भ बढ्दै गएको बताउनु भयो । उहांले जनतामा डर त्रास श्रृजना गरेर सुरक्षा धेरामा राजधानी सार्ने निर्णय गरेर गल्ती गरेको पनि बताउनु भयो । आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुको अवैध साढगाढका कारण राजधानी सरेको स्थानियको आरोप रहेको छ । वडा सभापती लोकराज पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वासिउद्धिन मुसलमान, केन्द्रिय विभाग सदस्य वासुदेवदिन पौडेल, जिल्ला सदस्य देविराम रेग्मी , गिरि वहादुर पुन लगायतले बताए ।