गोरखामा गाँजा फडानी अभियान सञ्चालन , प्रहरीद्धारा एक लाख गाँजाको बोट नष्ट

प्रकाशित मिति:

प्रकाश अधिकारी ,दमौली, २२ असोज ।  जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी अभियान सञ्चालन गरेको छ। अभियानको क्रममा प्रहरीले ठुलो परिमाणमा गाँजाको बोट नष्ट गरेको छ। नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कार्यलयले अभियानलाई निरन्तरता दिईरहेको छ। स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी तीन महिना अघि देखि अभियान सञ्चालन भईरहेको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी उपरीक्षक एसपी सुरेन्द्र गुरुङले नेतृत्व सम्हालेसँगै अभियान सञ्चालन गरिएको हो । यस अभियानका क्रममा झण्डै एक लाख गाँजाका बोट नष्ट गरिएको छ । ‘समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य अनुरुप अभियानलाई सफल बनाउन गाउँका कुना कुनामा पुगेर गाजाँका बोट नष्ट गरेका छौं’ एसपी गुरुङले भने । अभियानको क्रममा ९७ हजार ७५ वटा गाँजाको बोट नष्ट गरिसकिएको एसपी गुरुङले जानकारी दिए ।

फरार अभियुक्त सातो पुत्लो जान थाल्यो यसैबीच गोरखा प्रहरीले दिनहुँ जसो फरार अभियुक्तलाई पक्राउ गर्न थालेको छ । धमाधम पक्राउ पर्न थालेपछि फरार अभियुक्तको सातोपुत्लो जान थालेको छ। एसपी गुरुङ आएपछि मात्रै ४२ जना फरार अभियुक्त पक्राउ परेका छन् सार्वजनिक अपराध मुद्दाका २६, सवारी ज्यान मुद्दाका ३, बहु बिवाह मुद्दाका एक जना,जारी मुद्दाका १ जना, जालसाजीका १ जना प्रकाउ परेका छन् । यस्तै गाली बेज्जती, वन, भवितव्य ज्यान मुद्धा एक÷एक जना र चोरी मुद्धाका ७ गरी उक्त संख्याका फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीको तथ्याङ्कमा देखिएको छ । अदालतले दोषी ठहर गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाको खोजी गर्ने अभियान अन्तर्गत फरार अभियुुक्तलाई पक्राउ गरिएको एसपी गुरुङ बताउँछन् ।

अवैध रुपमा नदीजन्य पद्धार्थ उत्खनन् गर्नेको टाउको दुख्न थाल्यो यता एसपी गुरुङले सक्रियता देखाए पछि नदीजन्य पद्धार्थको दोहन गर्नेहरुको टाउको दुख्न थालेको छ ।एसपी गुरुङले निगरानी बढाएकै कारण नदीजन्य पदार्थ उत्खनन ओसारपसार गर्ने १६ वटा सवारी साधनहरु नियन्त्रणमा परिसकेको छन् ।  पक्राउ परेको ति सवारी साधनबाट ३ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।  स्ट्रफिक नियममा कडाई –एसपी गुरुङले ट्राफिक नियमलाई कडाईका साथ लागु गर्न निर्देशन दिएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १ सय ४० वटा सवारी साधनलाई कारबाही गरिएको छ।असार ५ गते देखि असोज १७ गते सम्ममा ति सवारी साधनलाई जरिवाना गरिएको हो । जरिवानाबाट छोटो अवधिमा नै ७ लाख ८० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।