ओली, दाहाल र देउवाले ९ अर्ब खाएः भट्टराई

२३ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया

Former Prime Minister Baburam Bhattarai speaking with journalists, in New Baneshwor of Kathmandu, on Saturday, November 21, 2015. Photo: RSS

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने ।

भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता  भेटघाटका क्रममा उनले भने, ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड (दाहाल) बिलौना गर्नुहुन्छ ।’ भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गरेको बताए ।  ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो,’ उनले भने ।

भट्टराईले प्रधानमन्त्रीसमेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप पनि लगाए । उनी जिल्लाको विकास निर्माणबारे छलफल गर्न गृहजिल्ला गोरखा आएका थिए । यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग