लुम्बिनी प्रदेशका कानुनमन्त्रि केसीमा कोरोना पुष्टी

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रवार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको मन्त्रिका स्वकीय सचिव पवन कुमार कुंवरले बताए । ‘रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गरिएको थियो,  मन्त्रि अहिले होम आइसोलेसनमा छन् ।’ मन्त्रि केसीलाई रुघा खोकीबाहेक अन्य कुनै लक्षण नदेखिएको स्वकीय सचिव कुंवरले जनाए । गत मंगलवार प्रदेश सभामार्फत राजधानी र प्रदेशको नाम राख्नका लागि गरिएको बैठकमा रोष्टममै बोलेका मन्त्रि केसीलाई २ दिनपछि संक्रमण पुष्टी भएको छ । यसले जोखिम झन बढ्ने देखिन्छ ।