लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा बसेको सभामुख घर्तीले बताए ।