गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको सहकार्य।

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका: न्युयोर्क शहर डिस्ट्रीक १४ की कांग्रेस वुमेन आलेक्जन्द्रीया ओक्काजियो कोर्टेज (Congresswoman Alexandria Ocasio-Cortez-AOC, the U.S. Representative for New York’s 14th congressional district) को आवाहन मा बिहीवार, अक्टोवर ८, २०२० का दिन AOC ले ब्रक्सं मुस्लिम सेन्टरलाई निशुल्क खाधन्न प्रदान गर्नु भएको थियो र उक्त खाधन्न वितरणका लागि गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई ३ जना स्वयंसेवीहरु उपलब्ध गराई सहयोग गरि दिन AOC ले अनुरोध गर्नु भएको थियो।

उक्त अनुरोध लाई हार्द्विकता का साथ स्वीकार्दै यसै फाउण्डेशनको तर्फ वाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष शुवर्ण लामा र श्री दावा शेर्पा स्वयंसेवीको रुपमा Bronx(ब्रक्सं)मै गएर खटिनु भएको थियो।AOC को कार्यालय वाट जनाथन सोतो र नाताली कारभालो खटिनु भएको थियो। उक्त अवसरका लागि कांग्रेस वुमेन आलेक्जन्द्रीया ओक्काजियो कोर्टेजलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले धन्यवाद एंव हार्द्विक आभार प्रकट गर्द छ।