बुटवलको कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल १ का ७० वर्षीय पुरुष र बुटवल १ज्ञ की ६१ वर्षीया महिला रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । गत असोज २१ गते अस्पतालमा ल्याई पिसिआर परिक्षण गर्दा पोजेटिभ आएपछि बुटवल ११ की महिलालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शनिवार बिहान भेन्टिलेटरमा सारिएकामा राति २ बजे मृत्यु भएको डा थापाले बताए । ती महिलामा कोरोना बाहेक अन्य रोग थिएन ।

त्यस्तै, असोज २२ गते पिसिआर परिक्षणमा नतिजा पोजेटिभ आई अस्पतालमा भर्ना भएका ७० वर्षीय पुरुषको शनिवार राति ९ ः ५५ बजे मृत्यु भएको हो । शनिवार नै भेन्टिलेटरमा सारिएका उनी पुरानो दम रोगी रहेको थापाले जनाए । योसंगै अस्पतालमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । अस्पतालका १६ आइसियु मा बिरामी भरिएको डा थापाले बताए ।