लुम्बिनी प्रादेशिकबाट रिफर गरिएका बिरामीको धानखोला पुग्दा मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नहुंदा दाङको बेलझुण्डी अस्पताल लैजांदै गर्दा बाटोमा मृत्यु भएको छ । शनिवार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो । बिरामीको अवस्था जटिल रहेकाले अस्पतालले आईसीयुमा अनिवार्य राख्नुपर्ने बताएपछि उनलाई रिफर गरिएको थियो । रिफर भएका उनलाई दाङ लैजांदै गर्दा धानखोला मा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।