पत्रकार पाण्डेलाई कोरोना संक्रमण

प्रकाशित मिति:

रुपन्देही एफ एम १०२ मेगाहर्जका स्टेशन म्यानेजर शंकर पाण्डेलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पत्रकार पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको उनको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको सम्पर्कमा आएका सबैलाई सर्तकता अपनाउन र लक्षण देखिए स्वास्थ्य परीक्षण गर्न समेत आग्रह गरिएको छ । ‘रिर्पोटिङको क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना संक्रमण भएको हुन सक्छ, उनले भने ।’ पाण्डे सिद्धार्थनगर नगरपालिकाका प्रेस सल्लाहकार, लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य, प्रेस संगठन नेपाल प्रदेश नम्बर ५ सदस्य लगायत विभिन्न्न जिम्मेवारीमा समेत छन् ।