रोटरी लुम्बिनी स्टार्सले स्थापना दिवस मनायो

प्रकाशित मिति:

रोट्रयाक्ट क्लवका पुर्व अध्यक्षहरु मात्र सदस्य रहेको बुटवलमा स्थापना भएको रोटरी क्लव अफ लुम्बिनी स्टार्सले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । प्रमुख अतिथी रो। एजाज आलमले अब बुटवल क्षेत्रमा क्लवहरु मात्र खोलेर हुदैन, समाज परिवर्तनको लागि एक कदम अगाडि रहेर समाजमा उदाहरणीय काम गर्नुपर्ने बताउदैं, क्लवहरुले सहयोग गर्ने बाहनामा आवश्यकता नबुझेर गर्ने सहयोगको कुनै पनि अर्थ नरहेको समेत बताउनु भयो ।बिशिष्ठ अतिथी रो। यादव भण्डारीले क्लव स्थापना गर्नु चुनौती संगै गाह्रो रहेको बताउदै एक बर्षको कार्य प्रगति हेर्दा आफुहरुले गरेको निर्णय सही रहेको बताउनु भयो । अध्यक्ष रो। बालकृष्ण पाण्डले विश्वभरी फैलिएको कोरोनाको बाबजुत पनि यस बर्ष थोरै तथा रचनात्मक कार्यक्रमहरु गर्न सफल भएको बताउदै अब आफ्नो कार्यकालको बाकी समयमा पनि अन्य रचनात्मक कार्यक्रमहरु गरिने बताउनु भयो ।क्लव स्थापनाको अवसरमा बुटवल सुख्खानगरमा रहेको मानवसेवा आश्रममा क्लवको तर्फबाट वाटर फिल्टर तथा इलेक्ट्रिक कित्ली हस्तान्तरण गरिएको कार्यक्रम संयोजक क्लवका ईलेक्ट प्रेसिडेन्ट रो। सुमन बस्यालले बताउनु भयो ।

रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो। बालकृष्ण पाण्डेको अध्यक्षता, रोटरी क्लव अफ लुम्बिनी स्टार्सका क्लव सल्लाहकार तथा रोटरी क्लव अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष रो। एजाज आलमको प्रमुख आथित्यता, क्लवका संस्थापक अध्यक्ष रो। यादव भण्डारीको बिशिष्ठ आथित्यता तथा रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष रो। बाबुराम भट्टराई, रोट्रयाक्ट डिस्ट्रिक ३२९२ जोन १२ जेआरआर रो। धनन्जय बन्रवाल, रोट्रयाक्ट डिस्ट्रिक ३२९२ डिआरसी मेम्बर रो। राहुल कसौधन, रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो। बिमल ढकाल, रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवका अध्यक्ष रो। बालकृष्ण पोखरेल लगायतको आथित्यता रहेको थियो ।क्लवको दोस्रो स्थापना दिवस क्लवका संस्थापक अध्यक्ष रो। यादव भण्डारी तथा अध्यक्ष रो। बालकृष्ण पाण्डेले केक काटेर मनाईएको थियो भने कार्यक्रममा २६ जना क्लव मेम्बरहरुको सहभागिता रहेको थियो ।जोगीकुटी स्थित बुटवल भ्यू होटलमा आयोजित ३७ औं नियमित बैठक तथा दोस्रो स्थापना दिवस ईलेक्ट प्रेसिडेन्ट रो। सुमन बस्यालको स्वागत मन्तव्य, युथ सर्भिस् डारेक्टर रो। राजिब गौतमको धन्यवाद मन्तव्य तथा सह सचिव रो। सुरज थापा मगरको संचालनमा सम्पन्न भएको हो ।