सिद्धि बिनायकको उत्पादन कोरियन फ्लेवरको ‘समुराई’ चाउचाउ बजारमा

२५ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन फ्लेवरको चाउचाउ बजारमा ल्याएको छ । नेपाली बजारमा कोरियन तयारी चाउचाउको माग बढेपछि सूपथ मुल्यमा आवश्यकता परिपूर्ति गर्नको लागि कोरियन फ्लेवरको चाउचाउ उत्पादन गरिएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिका अध्यक्ष उज्वल कसजुले जानकारी दिनुभयो ।  कम्पनीले लामो समयको अनुसन्धान पछि उत्पादन गरेर बजारमा ल्याएको उहाँले बताउनु भयो । ‘कोरियन स्पाईसी नुडल्स’को स्वादमा ‘समुराई गोउरेन्टस् स्पाईसी’ चाउचाउ ल्याएको र बजारमा लोकप्रीय हुनुका साथै उपभोक्ताले यसको स्वाद मन पराउने कम्पनीले विश्वास गरेको प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयो ।

१२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपाली बजारमा १५० रुपैंया छ । सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्य निर्धारण गरिएको कम्पनीका व्यबस्थापक हरिबंश भुजेलले जानकारी गराउनु भयो । उहाँले नेपाली उपभोक्ताले सुपथ मुल्यमा कोरियन स्वाद लिन पाउने गरी कम्पनीले सुभल मुल्य निर्धारण गरिएको उल्लेख गर्नुभयो । सिंगापुर, चिन र भारतबाट बिभिन्न अन्तर्राष्ट्रिय स्तरका अवयवहरु आयात गरेर उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्याईएको अध्यक्ष कसजु बताउनुहुन्छ ।
सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ ईन्टरनेशनलले लिएको छ । कम्पनीले उत्पादन गरेको समुराई नुडल्स आजैदेखि बजारमा पठाईएको यु एण्ड यु ईन्टरनेशनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग