भीम अस्पतालमा आर्थिक चलखेलनको आशंका प्रशासनले लुकायो सूचना

२५ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


भैरहवा -रुपन्देहीको जिल्ला अस्पताल ‘भीम अस्पताल भैरहवा’ ले सूचना लुकाएको छ । अस्पतालले कोभिड १९ का बिरामीको उपचार गर्नको लागि खरिद गरेका सामग्रीहरु कुन प्रक्रियाबाट ? के कसरी ? के कति ? भएका हुन् भनी सूचनाको हकसम्बन्धी ऐन २०६४को दफा ७ (१) अनुसार अस्पताल प्रशासनसँग सूचना माग गर्दा भीम अस्पताल भैरहवाका अधिकृत गोविन्द ज्ञवालीले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ७ को २, ३, ५ र ६ को ठाडै उल्लङ्घन गर्दै सूचना लुकाएका हुन् ।

अस्पतालमा कोभिड १९ को अस्पताल सञ्चालन गर्नको लागि खरिद भएका औषधिमा आर्थिक चलखेल भएको सूचनाअनुसार अस्पतालको लागि भेन्टिलेटर, बेड खरिद प्रक्रिया, टेन्डर आह्वान, औषधि खरिद गरेको कम्पनी, औषधिका प्रकार, खरिद गरेको लागत, कुन निकायबाट बजेट आएको बारे जानकारी लिन खोज्दा अधिकृत ज्ञवालीले मिडियालाई अस्पतालको खरिदसम्बन्धी कुनै पनि सूचना दिन नमिल्ने बताएका छन् ।

गत भदौ ३० गते बिहान ११ बजे संस्थाको आधिकारिक पत्रसहित सूचना माग गरि अस्तपाल प्रशासनको दर्ता किताबमा ४८ नम्बरमा दर्ता गरिएको छ । दर्ता गर्दा एक हप्ता पछि आउनुस् भनी बोलाएका अधिकृत ज्ञवालीले आफूलाई सबै कुरा जानकारी नहुने भन्दै लेखालाई अह्रयाएको र लेखाले ढिला गरेको बताए । १५ दिन पछि सम्पर्क गर्दा लेखामा गएर ल्याउन भने तर प्रशासनले आधिकारी नगरे सम्म लेखाले दिन सकेन, अधिकृत ज्ञवालीले पटक पटक फलानो दिन आउनुस् भन्दै म्याद सारे । तर महिना दिन बिति सक्दा पनि सूचना उपलब्ध गराएनन् । अहिले पछिल्ला दिनमा अधिकृत ज्ञवाली सम्पर्कमा समेत आउन चाहेका छैनन् ।

सिनियरलाई लत्याएर करारका अहेवलाई अस्पतालको सूचना अधिकारी नियुक्ति गरेको समाचाहरु बाहिर आएपछि नियम मिचेर प्रादेशिक अस्पताल बुटवलमा सरुवा भएका तत्कालिन मेसु नविन दर्नालले मेरो दरबन्दि यही हो, ३ महिना पछि म फेरि मेसु भएर आउने हो भन्दै अस्पतालको मोटरसाइकल कोठामा राखि कोठा बन्द गरेको भन्ने गोप्य सूचनाका आधारमा अधिकृत ज्ञवालीलाई बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

उता भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेनको जिम्मा पाएकी डाक्टर सकुन्तला गुप्ताले आफ्नो कार्यकालमा भएका काम नभएकोले सबै विवरण दिन नसक्ने बताइन् । डाक्टर नविन दर्नाल कागमा प्रादेशिक अस्पताल बुटवल गएकोले क्वाटर पनि खाली नभएको र मोटरसाइकल कोठामा राखेर गएको सत्य हो, मेरो दरबन्दी प्रादेशिक अस्पतालमा हो म भीम अस्पताल भैरहवामा काजमा आएकी हुँ डाक्टर गुप्ताले भनिन् ।सूचनाको हकसम्वन्धी ऐन २०६४को दफा ३ (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ । र उप दफा (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि स्पष्ट उल्लेख गरेको छ ।

डाक्टर दर्नालले क्वाटर नछोडेको र मोटरसाइकल कोठामा थुनेको विषयमा र मोटरसाइकल नम्बर कति हो भनेर अस्ताल प्रशासन सम्पर्कमा आउन नखोजे पनि अस्पतालका लेखा अधिकृत गणेश मरासिनीलाई सम्पर्क गर्दा उनी पनि सम्पर्कमा आउन चाहेनन् ।अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेल कोभिड १९ पोजेटिभ देखिएकोले रेष्टमा रहेकोले अहिले आफू केही बोल्न नमिल्ने बताए । उता प्रादेशिक अस्पताल बुटवलमा गएका तत्कालिन भीम अस्पतालका मेसु नविन दर्नाल पनि क्वाटर र मोटरसाइकल बारे बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया