पत्रकार घिमिरेलाई पितृ शोक

प्रकाशित मिति:

सैनामैना- रुपन्देहीको सैनामैना क्षेत्र बनाई पत्रकारिता गर्दै आउँनु भएका पत्रकार नविन घिमिरेलाई पितृ शोक परेको छ ।

साँझा टेलिभिजनका स्टेशन म्यानेजर तथा वुटवल टुडेका संवाददाता समेत रहनुभएका घिमिरेका पिता कान्तुराम घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको हो । उँहाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

घिमिरेको अन्तिम दाहासंस्कार कपिलबस्तुको लक्षमणघाटमा गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । घिमिरेका श्रीमती , २ छोरी , ५ छोरा हुनुहुन्छ ।