रोबिन हूड आर्मी रुपन्देहीले गर्यो नि:शुल्क खाना अभियान

प्रकाशित मिति:

बुटवल- रोबिन हूड आर्मी रुपन्देहीले निस्शुल्क खाना अभियान संचालन गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो ।

रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने काम गरिरहेको रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले बताए ।
उनले अहिलेसम्म मैनादेवी अनाथ आश्रम , मणीग्राम नेपाल अपाङ्ग आश्रम , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई पनि खाना पुर्याउने काम गरेको बताए ।

यसमा सहयोग गर्न र खाद्यान्न सहयोग गर्ने चाहनेले रोबिन हूड आर्मी रुपन्देहीको फेसबुक ग्रुपमा जोडिन समेत आग्रह गरेका छन् ।स्वयम्सेवकहरुको माध्यमबाट खाना संकलन गरेर सही ठाउँमा पुर्याउने काम चलिरहेको संस्थाले जनाएको छ ।

आकाश भण्डारी- ९८४७००३९२३, तुसार भट्टराई – ९८०६९८७५०० र बिअभ भट्टराई – ९८४७०२५७४० लाइ सम्पर्क गरेर सहयोगी हातहरु हातेमालो गर्न पनि संस्थाले अपील गरेको छ ।