बुटवलको कोरोना अस्पतालमा सोमवार बिहान एक संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर जांच गराउंदा पोजेटिभ आएका देवदह १० का ७९ वर्षीय पुरुषको सोमवार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । उनलाई आइतवार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । मृतकमा दम, मधुमेह र उच्चरक्तचापको समस्या थियो । योसंगै अस्पतालमा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।