लुम्बिनी प्रादेशिक अस्पतालमा एक महिला संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमवार एक संक्रमित महिलाको मृत्यु भएको छ । विगत ३ दिनदेखि ज्वरो आई श्वासप्रश्वासमा समस्या भएपछि सोमवार बिहान ११ बजे अस्पताल ल्याईएकी अर्घाखांछीको सन्धिखर्क ४ की ८० वर्षीया महिलाको एमरजेन्सी एक्सपर्ट टेस्ट बाट पिसिआर परिक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो । उनको उपचारका क्रममा दिउंसो १ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।