अध्यक्ष सहित २३ जनामा कोरोना देखिएपछि सियारी गाउंपालीकामा अत्यावश्यक मात्रै सेवा दिइने

२६ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको सियारी गाउंपालीकामा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । गाउंपालीकाले सोमवार सुचना जारी गर्दै अर्को सुचना नआउन्जेल सम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो । गाउंपालीकाका अध्यक्ष, अन्य जनप्रतिनिधी, प्रशासकीय अधिकृत र कर्मचारी गरी २३ जना बढीमा कोरोना पुष्टी भएपछि गाउंपालीका कार्यालय बन्द गरिएको पालीकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले बताए । विद्यालयको पठनपाठन सुचारु भएका थिए, त्यो पनि रोकेका छौं, उनले भने, यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं । पालीकाले भिडभाड हुने स्थान जस्तै हाटबजार, भोजभतेर समेत गर्न रोक लगाएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया