हिमालय आधारभूत विद्यालयको प्रथम अभिभावक भेला सम्पन्न , युवा नेता रविन्द्रले प्रदान गरे १७० थान जुत्ता

२६ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


राम भण्डारी / गुल्मी – हिमालय आधारभूत विद्यालय धुर्कोट गाउँपालिका ५ बस्तुको प्रथम अभिभाबक भेला सम्पन्न भएको छ । प्रथम अभिभावक भेलाकै दिन नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले पुर्व विद्यार्थीको नाताले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि १७० थान छालाका जुत्ता प्रदान गर्नुभएको हो ।  विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष केशब कुवँरको अध्यक्षता संगै सुरु भएको कार्यक्रममा धुर्कोट गाउँपालिकाका उपप्रमुख शिव बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।  त्यस्तै बिशिस्ट अतिथीमा वडा अध्यक्ष ढुण्डिराज भण्डारी , समाजसेवी एबम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी , समाजसेवी एबम बिचित्र गुफा संरक्षण तथा बिकास समितीका अध्यक्ष युबराज भण्डारी, नेपाली कांग्रेसका पार्टी सभापति तारा प्रसाद भण्डारी , समाजसेवी लालमणी भण्डारी , धुर्कोट गाउँपालिकाका शिक्षा शाखा उपप्रमुख दामोदर घिमिरे , कालिका बोर्डिङका सेयर सदस्य युबराज पाण्डे , प्रधानाध्यापक सीता खरेल भण्डारी लगायत समाजसेवी एबम अभिभावकहरुको उपस्तिथी रहेको थियो ।
अभिभावक भेला एबम सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी शिक्षिका रेखा भुसालले कार्यक्रममा पाल्नुभएका सम्पुर्ण अतिथी , अभिभावक एबम विद्यार्थीहरुलाई आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सीता भण्डारी , पुर्व प्रधानाध्यापक राम प्रसाद भण्डारी , समाजसेवी लालमणी भण्डारी , विद्यालयका सल्लाहकार युबराज भण्डारी, समाजसेवी तारा प्रसाद भण्डारी लगायतले विद्यालय सुधार र स्तरउन्नतिका लागि गाउँपालिकाले विशेष चासो राख्न अपिल गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एबम पुर्व विद्यार्थी रबिन्द्र घिमिरेले बिगतको स्मरण गर्दै विद्यार्थीहरुको अध्ययनका निमित्त केही टेवा पुग्ने हेतुले उक्त सहयोग गरेको बताउनुभएको थियो । साथै उहाँले गुल्मीकै ऐतिहासिक हिमालय आधारभुत विद्यालयलाई सबैले आ-आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।


त्यस्तै कांग्रेसका युवा नेता एबम महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारीले ईतिहासलाई मर्न नदिनका लागि सबैले हिमालय आधारभुत विद्यालयलाई मन र बचनले सहयोग गर्न जरुरी रहेको बताउनुभएको थियो । उहाँले जिल्लाकै शैक्षिक धरोहरका रुपमा स्थापित पुरानो विद्यालय सुस्ताउदो गतिमा रहेपनी कालिका बोर्डिङको समायोजनले थप शैक्षिक क्रियाकलापमा अगाडि रहने आशा समेत गर्नुभएको थियो । अभिभावकलाई विद्यालयको सकारात्मक कुरा समाजमा सम्प्रेषण गर्न समेत अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि एबम वडा अध्यक्ष ढुण्डिराज भण्डारीले बिगतको स्मरण गर्दै विद्यालयको संरक्षणमा सबै जुट्नुपर्ने बताउनु भएको थियो । उहाँले आफुले अध्ययन गरेको विद्यालय समेत भएकोले आफ्नो तर्फ बाट सहयोगको प्रतिवद्दता ब्यक्त गर्नुन्हएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका धुर्कोट गाउँपालिकाका उपप्रमुख शिब बहादुर खत्रीले गुल्मी जिल्लाकै चिरपरित विद्यालयलाई गाउँपालिकाले हरदम सहयोग गर्ने बताउनुभएको थियो । उहाले विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न सके केन्द्रमा रहेको विद्यालयमा धेरै ठाउँका अभिभावकको आकर्षण समेत हुने बताउनु भएको थियो । साथै उहाँले गाउँपालिकाको केन्द्र देखि नजिक रहेको विद्यालयमा गाउँपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिका बच्चाबच्ची अध्ययनका निमित्त हिमालय आधारभूत विद्यालयमै आउने बताउनु भएको थियो । उहाँले आधुनिक युगमा कम्प्युटर शिक्षा अपरिहार्य रहेको र यसको ब्यबस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन गर्दै विद्यालयका कोअर्डिनेटर नारायण पाण्डेले बिसं १९८१ बाट पाठशाला हुँदै सुरु भएको विद्यालय प्राबी तह र शिक्षा मन्त्रालयको विद्यालय सुधार कार्यक्रम अन्तरगत कालिका बोर्डिङ गाभिएर हिमालय आधारभूत विद्यालय भएको यो सुखद अवसरमा शैक्षिक सुधारका निमित्त हरपल लागिरहने बताउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया