विपन्न २९ परिवारलाई नेताले गरिदिए स्वास्थ्य बीमा

२६ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


मुक्ति न्यौपाने,पाल्पा- वगनाशकाली गाउँपालिका,६, टोक्सेका २९ विपन्न दलित घरपरिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

विपन्न दलित परिवारको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको बताए । कोरोना महामारीले विश्व आक्रान्त भएको छ, सरकार भने स्वार्थगत राजनीतिमा भुलेको छ । जनतालाई गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेको रानाले बताए ।

वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफूहरुले आवश्यकताका आधारमा जनताको समस्या सम्बोधन गर्न व्यक्तिगत समेत सहयोग पु¥याउँदै आएको बताए । टोक्सेका विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि वीरबहादुर राना र कृष्ण प्रसाद बस्यालले २०÷२० हजार र लक्ष्मी प्रसाद अधिकारीले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे