काठमाडौं, असोज २८ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। स्याङ्जा भीरकोट २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। असोज २६ गते प्रतिष्ठान भर्ना भएकी महिलाको आइसीयूमा उपचार भइरहेको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।