तरुण दलका युवाहरु द्धारा खेलकुद सामाग्री वितरण ।

प्रकाशित मिति:

स्याङ्जा,  असोज । स्याङ्जाको चापाकोट नगरपालिका वडा न। ८ दद्रानमा रहेको मनकामना युवा क्लबलाई नेपाल तरुण दलमा आवद्ध युवाहरुले खेल सामाग्री प्रदान गर्नुभएको छ ।

नेपाल तरुण दलका युवा नेता निर्मल राना मगर र नेपाल तरुण दल चापाकोटका उपाध्यक्ष लाल बहादुर घर्ती मगरले क्लबका अध्यक्ष र सचिवलाई १ सेट भलिबल र नेट उपलब्ध गराउनु भएको हो ।खेलमैदान निर्माण र खेलाडीलाई जुनसुकै बेला आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै खेल सामाग्री वितरण गरेको कमल भण्डारीले बताउनु भएको थियो ।