हस्तकला व्यापार मेला बुधवार देखी लाग्ने

प्रकाशित मिति:

काठमाण्डौ । आउने बुधबारदेखी काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ लाग्ने भएको छ।

नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १६औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारदेखि काठमाडौंमा शुरु हुने जानकारी दिएको हो। ‘देश भित्रै रोजगारीको अवसर सृजना गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यका साथ सदाझैं यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए।

पाँच दिनसम्म चल्ने मेलामा करीब १ सय ७० वटा स्टल रहनेछन्। मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीको करिव २० वटा स्टल रहने पनि मेला आयोजक समितिले जनाएको छ।

मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ। मेलामा काष्ठकला, सुनचाँदी, ऊन तथा सुती र ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिनेछन्।