म हुँ औषधि

प्रकाशित मिति:

बिष्णु प्रसाद खनाल – म औषधि हुँ सबैलाइ थाहा नै छ। मलाइ कसैले दबाइ कसैले मेडिसिन त कसैले ड्रग भनेर चिन्नुहुन्छ तर मलाई राम्रोसंग चिकित्सकहरुले मात्र चिन्नुहुन्छ। तर कहि कता जानी नजानी चिकित्सक र तपाइँहरुले चिन्दा चिन्दै मेरो गलत तरिकाबाट प्रयोग गर्नुहुन्छ। त्यसकारण आज मलाई बोल्न मन लाग्यो। मलाई चिन्नु नै हुन्छ होला म हु औषधि।

मेरो बारेमा भन्नुपर्दा म एक्लै छैन मेरो शाखा सन्तान भाइ बहिनी नातेदारहरु धेरै हुनुहुन्छ र सबैको आ-आफ्नो विशेषता अनि कार्य छ। म हजुरहरुको जिवनलाई बचाउन हरबखत लागिरहेको हुन्छु तर कहिलेकाही मेरो कारण हजुरहरुको मृत्यु वा स्वास्थ्यमा असर परेको कुरा सुन्दा मलाई धेरै नै दुस्ख लाग्ने गर्छ। मैले त हजुरहरुलाई असर होस भन्ने चाहेको हुँदै हैन म त केबल हजुरहरुलाइ बचाउन खोजिरहेको हुन्छु । म त्यस्तो चिज हो मलाइ चिन्न सक्नु भयो भने म अमृत हो तर चिन्न सक्नु भएन भने बिषको अर्को रुप हो म।

हजुरहरुले मेरो कार्यलाई प्रयोग गर्नुस नकि साइड इफेक्टलाई मेरो कार्यको रुपमा किनकी तपाइले मलाइ जति सरल र सहज रुपमा लिनुभएको छ म त्यति सजिलो पनि छैन यदि सजिलोको रुपमा लिनुभयो भने त्यो तपाइँको भुल हुनेछ।म धेरै तरिकाबाट कार्य गर्दछु र विभिन्न रुपमा रहेको हुन्छु।आजको बिसौ शताब्दीमा प्रतिस्पर्धा बढ्दै गैरहेको छ। मेरा पुस्ताहरु पनि विकसित हुँदै गैरखेका छन कति कार्यबिहिन भएर मेटिने अबस्थामा छन भने कति साइड इफेक्टको चपेटामा परिरखेका छ्न। मेरा सन्ततिमा येस्तो उथलपुथल भैराखेको समयमा मलाइ प्रयोग गर्दा हजुरहरुले को सगँ सल्लाह लिनुहुन्छ त्यो तपाईले जान्ने कुरा हो। मैले भनिसके र तपाईलाई थाहा छदैछ मलाई राम्रोसगँ चिकित्सकहरुले चिन्नुहुन्छ भने मलाई राख्न पाउने अधिकार फार्मेसीका साथिहरुलाई मात्रै छ जो कोहिले राख्न पाउनुहुन्न किनकी मलाइ राम्रोसँग फार्मेसीका साथीहरूले चिन्नु भएको छ।

एसियाको एउता सानो देश नेपालमा मलाई नचिनेर भन्दापनी खान नजानेर धेरै तपाईहरुले आफ्नो स्वास्थ्य बिगारी रहनु भएको छ। हजुरहरुले मलाई र मेरो आफन्तलाई राम्रोसँग चिन्न सक्नुभयो भने धेरै प्रयोग पनि गर्नुपर्दैन। मलाई त यो समाजको युवाहरुले आफ्नो मनोरन्जनको रुपमा पनि प्रयोग गर्न थाल्नुभाको छ तर मनोरन्जन दिने कुनै बस्तु होइन म। मेरो कार्य त केबल हजुरको शरीरलाई स्वस्थ र निरोगी बनाउने हो। जसरी हजुरहरुले मलाइ मनोरञ्जनको रुपमा प्रयोग गर्नुहुन्छ तथा जति धेरै प्रयोग गर्नुहुन्छ त्यति नै हजुरको शरीरलाई मैले घात गरिराखेको हुन्छु र हजुरको आयुपनी घटाइदिएको हुन्छु। त्यसैले म हजुरहरुसगँ बिन्ती गर्दछु कि मलाई मनोरञ्जनको रुपमा प्रयोग नगर्नुस किनकी त्यो मनोरञ्जन दिने कार्य मेरो होइन। मेरो कार्य त हजुरको स्वास्थ्यको असरलाई निराकरण गरि जिवन रक्षा गर्नु हो किनकी म हु औसधि