बेड अभावमा संक्रमितको बाटोमै मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङ को बेलझुण्डी अस्पताल लैजांदै गर्दा एक  पुरुषको बाटोमै मृत्य भएको छ । अर्घाखांचीको होम्निकास्थान गाउंपालीका ९ का ७३ वर्षीय उनको बिहीवार बिहान ७ ः ४५ बजे बाटोमै मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । स्वास्थ्यमा समस्या भई असोज २७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण गर्दा पोजेटिभ आएपछि उनलाई बुधवार धागो कारखाना स्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो । बिरामीको स्वास्थ्यमा थप समस्या भई आइसियु आवश्यक परेपछि दाङको बेलझुण्डी रिफर गरी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मृतकमा श्वासप्रश्वासको समस्या रहेको थियो ।