जि पि कोइराला फाउण्डेशन अमेरिकाले सत्ताईसौँ पटक निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो।

प्रकाशित मिति:

जि पि कोइराला फाउण्डेशन अमेरिकाले सत्ताईसौँ पटक निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले।बुधवार अक्टोवर १४, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। छब्बीसौँ पटकको निशुल्क खाधन्न वितरण आज दिउँसो ३ बजे सम्पन्न भयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी ५७६ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको थियो भने भ्वईसेस ल्याटिना (Voices Latinas) का निर्देशक रविनसन सुरी सँग फाउण्डेशनले सहकार्य गर्दै आज १०० बक्स निशुल्क स्पानिस शुद्व खाना पनि वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: वालुङ किदुग युएसएलाइ ९६ बक्स, जन संपर्क समिति न्युयोर्क च्याप्टर ४८ बक्स, सँघ न्युयोर्क च्याप्टर ९६ बक्स, तमु परिवार अमेरिका ४८ बक्स, भोज राज ठाेकर + पाल्जुर शेर्पा ४८ बक्स, ह्याेल्माे साेसाईटी अफ अमेरिका ४८ बक्स, सानु शेर्पा ८ बक्स, टेक बा. कार्की+दिप कंडेल ७ बक्स, नर-फु समाज अमेरिका ४८ बक्स र लाईन मार्फत सार्वजनिक बितरण १२९ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक विमल डाँगी खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशः अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, ने.का. युवा नेता द्वय विनोद सुवेदि र अनन्त राज सुवेदि, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु।शेर्पा, समाजसेवी टंक खडका, वरिष्ठ लोक गायिका संगीता थापा मगर लगायत खटिएका थिए । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।