विपन्न कृषक परिवारको छनौट गरि विउपल वितरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, दाङ-राप्ती क्षेत्रका गरिव विपन्न कृषक परिवारको छनौट गरि नामसालीङ विकास केन्द्रले बिउपल उपलब्ध गराएको छ । राप्ती गाउँपालिका संगको समन्वयमा एकिकृत परियोजना सञ्चालन गर्दै आएको नामसालीङले वडा नं १ देखि ९ सम्मका करिव ४ सय जना किसानलाई उन्नत जातको गहुँको विउ, प्रथम पुस्ता र दास्रो पुस्ताको आलुको विउ तथा करिव ४५० घरधुरीलाई पुग्नेगरी तरकारी, प्याज, रायो, मुला, गाँजर, सिमि, खुर्सानी लगायतको बिउ उपलब्ध गराएको हो ।

पोषण, कृषि, जलवायु परिवर्तन अनुकुलन, आयआर्जन वृद्धि, सुशासन तथा सामाजिक समावेशीकरण को क्षेत्रमा काम गर्दै आएको नामसालीङ विकास केन्द्रले कृषकलाई कृषि खेति प्रणालीको जानकारी दिदै विउ उपलब्ध गराएको कृषि अधिकृत शशाङ्क वावु आचार्यले जानकारी दिनु भएको छ । राप्ती गाउँपालिकाका विभिन्न २३ गाउँका गठित कृषक समुहका २ सय वढि कृषक परिवारलाई गहुँ, आलु तथा तरकारीका बिउँपल उपलब्ध गराईएको हो ।

राप्ती गाउँपालिका सँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत कृषकलाई बिउपल उपलब्भ गराईएको हो । विकास कोष नर्वेको सहयोगमा संचालित परियोजना विकास कोषले राप्तीका दुर्गम बस्तीमा खानेपानी, सिंचाई, गोठ सुधार, सुधारीएको चुलो वितरण लगाएतका काम गर्दै आएको छ ।

थप समाचार