मन्थली नगरपालिकाको निर्देशन ‘वडाको पायक पर्ने ठाउँ जाउ’

प्रकाशित मिति:

राजिव कार्की /
कात्तिक २७,रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिकाले मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुलाई सम्बन्धित वडाकोे पायक पर्ने स्थानमा कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । वडा कार्यालको गतिविधि मन्थलीबाट सञ्चालन गरिएको र सम्बन्धित वडाहरुमा जनप्रतिनिध र कर्मचारी नभेटिएको जनगुनासो आएकाले मन्थली नगरपालिका अन्तर्गका १४ वटा वडा कार्यालयहरु सम्बन्धित वडामै स्थापना गरि कार्य सञ्चालन गर्न नगरकार्यकालिकाले निर्देशन दिइएको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाले वडाहरुको स्थलगत अनुगमन गर्ने क्रममा सम्बन्धित वडाहरुमा वडा कार्यालय नरहेको पाइएपछि नगरकार्यपालिकाले सम्बन्धित वडामै कार्यालय स्थापना गरि काम गर्न निर्देशन दिएको हो ।

मन्थली नगरपालिका अन्तर्गतका धरैजसो वडा कार्यालयहरुले सदरमुकाम मन्थलीमा सम्पर्क कार्यालय स्थापना गरि कार्य सञ्चालन गर्दै आइरहेका छन् । जसका कारण एउटा सिफारिसका लागि पनि सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यता छ । सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने उद्देश्यले संघीय लोकतान्त्रिक व्यवस्थाको मर्म र भावना अनुरुप स्थानीय तहको निर्वाचन र त्यसबाट चुनिएका जनप्रतिनिधिहरुले नै नागरिकहरुलाई सास्ती दिनु दुखःद भएको भन्दै नगरपालिकाले आउँदो मंसिर १५ गते भित्र तोकिएको मापदण्ड बमोजिम सम्वन्धित वडामा कार्यालय स्थापना गरिसक्न निर्देशन समेत दिएको छ ।