मानमटेरिया साथी सञ्जालद्धारा हात धुने कार्यक्रम अभियान संचालन

३० आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


२९ असोज,शुद्धोदन- रुपन्देहीको शुद्धोदन गाउपालिकामा मानमटेरिया साथी सञ्जालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको सहयोगमा बिश्व हात दिवसको अवसरमा शुद्धोदन गाउपालिकाको बिभिन्न स्थानहरुमा हात धुने कार्यक्रम सम्पन्न गरेको छ।

शुद्धोदनका ग्रेजुएटहरु सगरमाथा, नविन, संघर्ष, सुनौलो, अनमोल सम्वाद र एकता सम्वादमा आवद्ध बाल बालिका र किशोर किशोरीहरुले बिश्व हात धुने दिवसको सन्दर्भ पारेर शुद्धोदनको पश्चिम मधुवनी, दक्षिण मधुवनी खुनगवा, ससिसवा, मेहनवाल, गुरौलिया लगायत ७ स्थानमा स्वस्थ जिवन जिउन र हातको माध्यमबाट सर्ने बिभिन्न संक्रमण किटाणुहरुबाट सुरक्षित हुनको लागि सचेतनामुलक साबुन पानीले हात धुने कार्यक्रम आयोजना गरिएको मानमटेरिया साथी सञ्जालका अध्यक्ष श्रृजना चौधरीले जानकारी दिएका छन ।

यस्तै कञ्चनको वडा नं. १ र २ को सुन्दरनगर,पुर्वी कुचेरा लगायत स्थानहरुमा पनि गजेडी साथी सञ्जाल,दिब्यज्योती, मिलिजुली, मिलनसार र प्रगतीशिल सम्वाद समूहको आयोजनामा साबुन पानीले हात धुने कार्यक्रम संचालन गरिएको गजेडी साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले जानकारी दिएका छन ।

रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था,क्लव,समूह,स्वास्थ्य संस्थाहरुको अगुवाईमा  “हात को सरसफाइ सबैका लागि , साबुन पानी हात, सधै साथ साथ” भन्ने मुलनाराका सहित असोज १३ गते देखि कार्तिक १४ गते सम्म  साबुन पानी ले हात धुने अभियान देश भर सन्चालन भइरहेको छ । बिश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ का बावजुद पनि सुरक्षित उपाय अपनाउदै भौतिक दुरीलाई कायम गरी हात धुने अभियान संचालन भैरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया