मानवअधिकारका सबालहरु अझै बाँकी : डा. अधिकारी

प्रकाशित मिति:

बुटवल । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति डा. गङ्गाधर अधिकारीले संविधानका कुराहरु सस्कारमा रुपान्तरण हुनु पर्नेमा जोड् दिएकाछन् । संविधानको कितावले मात्र केही गर्न नसक्ने हुदा त्यसभित्रका अक्षरहरुलाइ आचरणबाट व्यक्त गरेमात्र संविधानले सार्थकता पाउने बताए।
जिल्ला शाखा रुपन्देहीको आयोजनामा भएको भेटघाट कार्यक्रममा जिल्लाका पुर्व सभापति एवम् केन्द्रिय उपसभापति गोविन्द खनाल, पुर्व सभापति एवम् केन्द्रिय सदस्य कृष्ण पराजुली, निवर्तमान सभापति हरिश ढकाल, पुर्व सभापति एवम् केन्द्रिय बिभागिय सम्योजक कृष्ण पङ्गेनी लगायतले मानवअधिकार, लोकतन्त्र, शान्ति र अहिन्साको सबालमा आम नागरिक सदैव सजग हुनुपर्ने औल्याएका थिए ।
केन्द्रिय सभापति अधिकारीले मानव अधिकार तथा शान्ति समाजको आगामी मंसिर १४ र १५ गते बिराटनगरमा हुने आसन्हुने २१औ केन्द्रिय परिषद बैठकलाइ सफल पार्न रुपन्देहीको दरिलो र भरिलो उपस्थिति लागि अझै थप सक्रिय हुन आग्रह गर्दै मानवअधिकार, लोकतन्त्र, शान्ति र अहिन्साको लागि अझै जुझारु भएर लाग्नको लागि सबैमा विशेष अनुरोध समेत गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका रुपन्देही जिल्ला सभापति डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अर्जुन ज्ञवालीले गरेका थिए ।