जन्मदीनको अवसरमा विद्यार्थि नेता प्रदिपले गरे मृगौला पिडीतलाई सहयोग

३० आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


दुबै मृगौला फेल भएका ३० बर्षिय लाल बहादुर बि।क। लाई विद्यार्थि नेता प्रदिप घर्ति मगरले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमका बीच खाधान्न सहयोग गरेका छन् । पिडित लाल बहादुर गुल्मी चन्द्रकोट ७ रुपाकोट स्थायी घर भइ बुटवलको देवीनगरमा बस्दै आएका छन् । पिडित बि।क।को विगत ५ वर्ष अघि मृगौला फेल भई बिगत ३ वर्षदेखि सिद्धर्थ नगर सिटि हस्पिटल बुटवलमा डाइलासिस गर्दै आएका छन् । बि।क। को परिवारमा श्रीमती र एक छोरी रहेकी छन् । परिवारको मुख्य व्यक्ति नै बिरामी भएपछी आफ्नो जीविकोपार्जन नै कठिन भएको श्रीमतीले बताइन । उनीहरुलाई नजिकबाट सहयोग गर्दै आइरहेका छिमेकी तानसेन नगरपालिका वार्ड नम्बर १० का उम्मेदवार खुम बहादुर कार्कीले सहयोगी हातहरुलाई आग्रह गरि निरन्तर सहयोग गरेको बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ निबर्तमान केन्द्रिय उपाध्यक्ष तथा मगर बिधार्थी संघ पुर्ब केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश राना मगर, नेपाली कांग्रेस जिल्ला सदस्य तथा प्रदेश सभा प्रत्याशी बिष्णु पोखरेल, नेपाल मगर बिद्यार्थी संघ पुर्व केन्द्रिय सचिव तेजु राना, नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य मनिष फाल मगर, नेपाल घरबाहल केन्द्रित सदस्य शिवराज पोख्रेल, युवा जागरण अभियान पाल्पा सचिव रमेश सारु र स्थानिय जनप्रतिनिधि तथा पत्रकारहरु उपस्थित थिए । स्वयंसेवक युवा संगठन प्युठानका अध्यक्ष तथा युवा नेता बिष्णु खनालले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश राना मगरले ६ महिनाको घरभाडाको खर्च व्यहोर्ने र छोरीलाई निस्शुल्क पढाउने पहल गर्दै अन्य सहयोगका लागि पनि पहल गर्ने प्रतिबद्ता व्यक्त गर्नु भयो । यस्तै अतिथि बिष्णु पोखरेलले समाजमा बस्ने सबै मिलेर बस्नुपर्ने बताउदै आफुले पनि सक्दो सहयोग गर्ने र सहयोगका लागि अपिल गर्ने बताए ।

नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष एवं नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई सचीव प्रदीप घर्ती मगरले जन्मदिनको अवसरमा केक काटेर जन्म दिन मनाउने खर्चले दुस्खि पिडितलाई सहयोग गर्न अन्य सबैलाई आग्रह गरे । आफुले गरेको सहयोगले केहि हदसम्म भए पनि सहयोग पुग्ने र अरुका लागि प्रेरणाको स्रोत बन्न सक्ने बिश्वास व्यक्त गरे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे